एनजेपी स्टेशनलाई अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न रु ३५० करोड विनियोजन

bbbcc47c-11f4-444e-964a-b5dfedf8a845

सिलगढी: केन्द्र सरकारले सिलगढीको नयाँ जलपाइगढी रेलवे स्टेशनलाई अन्तर्राष्ट्रिय स्तरको स्टेशन बनाउनको लागि ३५० करोड रुपियाँ विनियोजन गरेको छ। पीएसी अध्यक्ष पी कृष्णदासले सिलगढीमा यस्तो बताए। सिलगढीको नयाँ जलपाइगढी स्टेशनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम सुरु भएको छ। जसमा विभिन्न कामहरू चरणबद्ध रुपमा गरिनेछ। यसका अलावा केन्द्रीय सरकारले रेल सञ्चार प्रणालीको सुधार र बंगालभरका रेलवे स्टेशनहरूको विकासमा जोड दिएको छ। त्यसका लागि बंगालमा नयाँ रेलहरू पनि चलिरहेको छ। यी मध्ये एक हो वन्दे भारत एक्सप्रेस। यात्री सुरक्षा समितिका अध्यक्ष पी कृष्णदासले शुक्रबार नयाँ जलपाइगढी क्षेत्रमा यस्तो बताएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement