पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको आयोजनामा विभिन्न मागमा रैलीसहित ज्ञापन

IMG-20230526-WA0218.jpg

खरसाङ: पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको आयोजनामा विभिन्न मांगहरू लिएर रैली गर्दै खरसाङको आँगनवाडी प्रोजेक्ट अफिसर (सीडीपीओ) लाई ज्ञापन पनि चढाएका छन्। यस क्रममा आँगनवाडी कर्मीहरू र सहायकहरूद्वारा खरसाङको नयाँ बजारस्थित कप्तान रामसिंह ठाकुरी चोकदेखि रैली निकालेर खरसाङको नयाँ बजारस्थित आँगनवाडी खरसाङको कार्यालयमा पुगेर सीडीपीओ श्यामसन तामाङलाई ज्ञापन बुझाएका छन्। आज खरसाङ क्षेत्रका आँगनवाडी कर्मीहरूद्वारा जम्मा २४ वटा मांगहरू लिएर रैलीको साथमा ज्ञापन दिने कार्य गरेका छन्। उक्त रैली र ज्ञापन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको सभापति संगीता खड्काले भनिन् – आँगनवाडी कर्मीहरू र सहायकहरूका वेतन एकदमै कम्ती रहेको जुन अहिलेको महँगाईमा केही नहुने भएकोले वेतनमा बढ़ोत्तरी गरेर कर्मीहरूको एक्काइस हजार अनि सहायकहरूका अठार हजार हुनु पर्ने मांग हाम्रो छ। त्यसरी नै आँगनवाडी कर्मीहरू र सहायकहरूलाई राज्य र केन्द्रबाट दिइने वेतन प्रत्येक महिनाको एक तारिख नै पस्नु पर्छ।’ उनले कर्मीहरूको प्रमोशन भएर सुपर भाइजर हुनु पर्ने तर राज्य सरकारले परीक्षा गराएर १७०० कर्मीहरूमा केवल ४०० जना मात्र पास गराएको सन्तोषजनक छैन भन्दै रहल १३०० लाई पनि झट्टै सुपर भाइजर पदमा पदोन्नति गर्नु पर्ने मांग रहेको बताएकी छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै सभापति संगीता खड्काले अघि भनिन् – आँगनवाडी सहायकहरूका पदोन्नति साथै आँगनवाडी कर्मीहरू र सहायकहरूलाई पनि सम्मानसहित अवकाशप्राप्त हुनु पर्ने मांग छ जसमा क्षतिपूर्ति राशि पाँच लाख दिनु पर्ने मांग रहेको छ भने अवकाशप्राप्तपछि पेन्शन पनि पाउनु पर्ने मांग रहेको छ। यस क्रममा सन् २०१४ देखि २०२० भित्रमा अवकाशप्राप्त भएका आँगनवाडी कर्मीहरू र सहायकहरूलाई क्षतिपूर्तिस्वरुप ३ लाख रुपियाँ प्रदान गरिनु पर्ने हाम्रो मांग पनि रहेकोछ। त्यसरी नै हामीले कतिपय अनलाइन कार्यहरू पनि गर्नु पर्ने हुन्छ र यसको लागि सरकारले मोबाइल फोनको पनि उपलब्ध गराएको हुनुपर्छ।’ उनले अझ भनिन् – हामी गर्भवती महिलादेखि नानीहरू सबैलाई हेरचाह गर्छौं। पूरै सेवा दिन्छौं। तर सरकारले हामीलाई हेला गरेर राखेको छ। हामीलाई धेरै अन्याय भइरहेको छ।’ उनले आज जम्मा २४ वटा मांगहरू आँगनवाडी कर्मीहरू र सहायकहरूद्वारा सरकार समक्ष राखेको बताएकी छन्। उनले आज यी सबै मांगहरू खरसाङको सीडीपीओमार्फत् माथिल्लो तहको अफिसरहरू र सरकार समक्ष राखेको अनि उक्त ज्ञापनलाई सीडीपीओले आगामी सोमबार फरवार्ड गरिदिने आश्वासन दिएको पनि जानकारी गराएका छन्। आजको रैली र ज्ञापन पत्र बुझाएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आँगनवाड़ी कर्मी सहायिका कल्याण समिति खरसाङ ब्लक कमिटीको उपाध्यक्षा जुलियाना लामाले पनि विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै आँगनवाडी कर्मीहरूद्वारा निकालिएको रैली र ज्ञापन विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा आँगनवाडी खरसाङको सीडीपीओ श्यामसन तामाङले यसपाली वेतनमा ढिलाई भएको कारण गत वर्षदेखि वेतन नयाँ सिस्टममा भएकोले केही ढिलाई भईरहेको जानकारी गराएका छन्। उनले खरसाङ क्षेत्रमा मात्रै आँगनवाडी सेन्टरहरू ३११ रहेको र कर्मीहरू २११ रहेकोले रिक्त पदहरू १०० जति रहेको अनि यसको लागि पनि प्रोसेस शुरु गरिएको बताएका छन्। उनले आज आँगनवाडी कर्मीहरू र सहायकहरूद्वारा आफुलाई उनीहरूका वेतन, एरियर, रेन्टेट सेन्टरको रहल पैसा लगायत विभिन्न मांगहरूमा ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement