पाँच सयको नक्कली नोटसहित तीनजना पक्राउ

605ba6f4-c0fc-4842-a73c-0ae099822b8c

जलपाइगढी: जलपाइगढी जिल्लाको राजगञ्ज थानाको पुलिसले बिहीबार ठूलो सफलता हात पारेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा राजगञ्जको भुटकीर हाट क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूबाट ५ सय दरका ५२ नक्कली नोट बरामद भएको छ। पक्राउ परेकाहरूलाई शुक्रबार जलपाइगढी अदालतमा पेश गरिएको थियो। यसबाहेक दुई घटनामा राजगञ्ज पुलिस चौकीले मोटरसाइकल र इ–रिक्सा चोर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement