अवैध बलुवा खननको चपेटमा परी तीन जना नानीको मृत्यु

00-1-Rajya-Samachar-4

कोलकाताः पश्चिम बंगालको उत्तर दिनाजपुरमा तीन जना नानी अवैध बलुवा खननको चपेटमा परेका छन्। करणदिघी नदीमा खननको कारण बनेको खाड़लमा झरेर तीन जना नानीको मृत्यु भएको छ। यिनीहरूको आयु चार, सात र नौ वर्ष बताइएको छ। परिवारका सदस्यहरूले बताए अनुसार, बिहिवार साझँ नानीहरू यहाँ खेलिरहेका थिए र अचानक नदी छेउ बनेका गहिरो खाड़लहरूमा झऱे।

वरिपरिका मानिसहरूले यिनीहरूलाई खाड़लदेखि बाहिर निकाल्ने धेरै प्रयास गरे। प्रशासनलाई पनि यसको सूचना दिइयो तर खाड़ल यति गहिरो थियो कि जबसम्म नानीहरूलाई बाहिर निकालियो, यिनीहरू मरिसकेका थिए। यसबारे जानकारी जुटाउन जिल्ला पुलिस अधीक्षकलाई शुक्रवार बिहान फोन गरियो तर उनले कुनै प्रतिक्रिया दिएनन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement