नगरपालिकाको सम्पत्ति पतूरको मूल्यमा बिक्री गर्न पाउँदैन: रितेश पोर्तेल
दार्जीलिङ: नगरपालिकाको सम्पति पत्रुको भावमा विक्री गर्न पाउँदैन भन्दै हाम्रो पार्टीको नगरपार्षदहरूले नगरपालिकाको बिल्डिङमा विरोध प्रदर्शन गरयो। शहरको चोक बजारदेखि उकालो ओरेन्ट रोड जाने बाटो छेउमा अवस्थित दार्जीलिङ नगरपालिकाको विल्डिङको पाँचै तल्ला दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले पत्रुको भावमा विक्री गरेको बताउँदै हाम्रो पार्टीको नगरपार्षदहरूले विल्डिङमा विरोध प्रदर्शन गरयो। दार्जीलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेलको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा निर्वाचित नगरपार्षदहरूले आ आफ्नो हातहरूमा बर्तमान बोर्ड विरूद्व लेखिएको प्ला कार्डहरू लिएर अंश ग्रहण गरेका थिए। पूर्व चेयरम्यान पोर्तेलले अघि भने १२ सय फुट भन्दा ठूलो नगरपालिकाको सम्पतिलाई दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले १० लाख रूपियाँको सलामी लिएर प्रति महिना १२ हजारको किरायमा दिएको छ।बजार बीचमा यति ठूलो सम्पति १२ हजार रूपियाँको किरायमा कहाँ पाउँछ? भन्दै बर्तमान बोर्डले आफ्नो पार्टीको कार्यकर्तालाई यति सस्तो मूल्यमा दिएको पोर्तेलले बताए।तिनले अघि भने नगरपालिकाबाट किरायमा लिने ती ब्यक्तिले अन्य व्यक्तिहरूलाई धेरै महगो मूल्यमा किरायमा दिएको खबर आफुहरूसंग रहेको पोर्तेलले जनाए।दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्ड भ्रष्टचारमा चुर्लुूम्म डुबेको छ,शहरको पार्किङहरूबाट पनि मोटो रकम असुलेको ठेकामा लिएको ठेकादारहरूले आफुहरूलाई बताएको पोर्तेलले बताए। निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरू पाँच सालको निम्ति हो तर यो सम्पति हामी नगरबासीहरूको हो, त्यसकारण हामी नगरबासीहरू भएको हुनाले नगरपालिकाको सम्पतिहरू हामीले सुरक्षित राख्न पर्छ।बर्तमान बोर्डमा बसेकाहरूले पालिकामा कर्मचारीहरूको पीएफ जम्मा गर्ने पैसा समेत छैन भन्दै, के उसो भए यति मूल्यमा रहेको पालिकाको सम्पति यति सस्तोमा दिनु हो?भन्दै पूर्व चेयरम्यान पोर्तेलले प्रश्न तेर्साए।

नगरपालिकाको यो विल्डिङ नै अबैध छ, पश्चिम बंगाल नगरपालिका एक्र्ट अनुसार पाँच तल्ला भन्दा माथि विल्डिङको निर्माण गर्न निषेध गरिएको छ तर यहाँ वीएम एक्र्टको धजिया उडाउने काम भई रहेको छ। जब पालिका स्वयमले वीएम एक्र्टको धजिया उडाउँछ भने अरूलाई केही भन्न सकिन्दैन पूर्व चेयरम्यान पोर्तेलले भने। नगरपालिकालाई सम्पतिलाई कसैले पनि पतुरको मूल्यमा विक्री गर्ने काम नगरोस पूर्व चेयरम्यान पोर्तेलले पूनः दोहोराए। हाम्रो पार्टीको नगरपार्षदहरूले यस संदर्भमा जिल्ला प्रशासनलाई ज्ञापन पत्र पनि चढाएको छ।