सुपारीको रुख काटेको भन्दै भतिजाले गरे काकाको हत्या

6226c2cf-1835-4ed0-b9dd-e52d356d5860

कुचबिहार: सुपारीको रुख काट्ने विषयमा विवाद हुँदा भतिजाले काकामाथि बञ्चरो प्रहार गरेका छन्। घटनामा काकाको मृत्यु भएको छ। यो विषयलाई लिएर शीतलकुचीमा सनसनी फैलिएको छ। घटना शीतलकुची ब्लकको गोंसेरहाट ग्राम पञ्चायतको खरिजा धापको चतरा गाउँमा शुक्रबार बिहान भएको हो। स्थानीय र पुलिस स्रोतका अनुसार काका आबिद अली मियाँको घर पछाडिको सुपारीको रुख काटेको विषयलाई लिएर गाउँका युवा सेराजुल मियाँसँग त्यस दिन चर्को झगडा भएको थियो। त्यही भएर सेराजुलले काकाको टाउकोमा बञ्चरो प्रहार गरेका थिए।

रगतले लतपतिएको आबिद भुइँमा लडेर स्थानीयवासीले उनलाई उठाएर माथाभाङ्गा डिभिजन अस्पताल पुऱ्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ । घटनामा भतिजा पक्राउ परेका छन्। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement