सेन्गोलको माध्यमबाट सत्ता हस्तान्तरण’को इतिहासलाई कांग्रेसद्वारा अस्वीकार

00-1-Jayram-Ramesh

नयाँ दिल्ली: कांग्रेसले ‘सेन्गोलको माध्यमबाट सत्ता हस्तान्तरण’ को इतिहासलाई अस्वीकार गर्दै यस सन्दर्भमा प्रश्न उठाएको छ। यसमाथि कटाक्ष गर्दै पार्टीले यसलाई ‘व्हाट्सएप यूनिभर्सिटी’ को झुटो दाबी बताएको छ। कांग्रेसका महासचिव जयराम रमेशले एक बयानमा भने, ‘माउन्टबेटन, राजाजी र नेहरूद्वारा राजदण्डलाई भारतमा ब्रिटिश सत्ताको हस्तान्तरणको प्रतीकको रूपमा वर्णित गरिएको कुनै लिखित प्रमाण छैन। यस आशयको सबै दाबी सही अर्थमा ‘बोगस’ होl’

कांग्रेस नेताले भने, ‘फेरि एकपटक ठूलो कुरा गरिएको छ र त्यसलाई साबित गर्नको लागि कुनै प्रमाण पेश गरिएको छैन। उनले भने, ‘यहाँ असली प्रश्न यो हो, राष्ट्रपति द्रौपदी मुर्मूलाई नयाँ संसदको उद्घाटन गर्ने अनुमति किन दिइँदैन?’ तत्कालीन मद्रास प्रान्तको एक धार्मिक प्रतिष्ठानद्वारा मद्रास शहरमा तयार गरिएको राजसी राजदण्डलाई अगस्त १९४७ मा नेहरूलाई सुम्पिएको कुरा जयराम रमेशले स्वीकार गरे। अर्कोतिर सत्ता हस्तान्तरणको रूपमा यसको प्रयोग गरिएको दाबीमाथि चासो राख्ने दुई उत्कृष्ट राजाजी (सी राजगोपालाचारी) विद्वानहरूले आश्चर्य व्यक्त गरेका छन्। जयराम रमेशले राजदण्डको प्रयोग तमिलनाडुको राजनीतिको लागि भइरहेको आरोप समेत लगाए। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement