विधान मार्केट व्यवसायी समितिद्वारा मुख्यमन्त्रीलाई पत्राचार

IMG-20230526-WA0202.jpg

सिलगढी: विधान मार्केट अधीनस्थ सबै दोकानहरूको मालिकाना अधिकार दिइनुपर्ने माग गर्दै विधान मार्केट सदस्यहरूले आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको छ। व्यवसायी समितिका सदस्यहरूले आज सिलगढी महकुमाशासक कार्यालय अघि हातमा प्लाकार्ड बोकेर विक्षोभ प्रदर्शन गरे। यसपछि महकुमा शासकको माध्यमद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र चढाएर तिनीहरूको विविध समस्याहरूबारे अवगत गराए। विधान मार्केट व्यवसायी समितिका सचिव बापी साहाले बताए हामी आफ्नो दोकानको मालिकाना अधिकार चाहन्छौँ। यदि मुख्यमन्त्रीलाई हाम्रो समस्याबारे जानकारी भए तिनले अवश्य नै केही गर्नुहुन्छ भन्ने कुरामा आफूहरू आशावादी छौं। यसो नभएको खण्डमा आफूहरूको आन्दोलन जारी रहने तिनले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement