रायगन्ज: राजगञ्जको विभिन्न इलाकामा गत रातिको हावा पानीले गर्दा व्यापक क्षति पुऱ्याएको छ। हावा पानीले गर्दा राजगञ्जको सुखानी, कुकुरजान र मन्तादारीमा व्यापक क्षयक्षति भएको छ। प्राप्त जानकारी अनुसार गत राति हावासितै अत्याधिक पानी परेकोले गर्दा राजगञ्ज खण्डको मन्तादारी ग्राम पञ्चायतको नधाबारी गाउँमा अधिक क्षति पुऱ्याएको छ। हावा पानीसितै चट्याङले इलाकाको रुखहरू लड्दा धेरैवटा घरलाई व्यापक क्षति पुऱ्याएको बताइएको छ। यसको साथै बिजुलीको खाँबो लड्दा इलाकामा विद्युत परिसेवा ठप्प बन्न पुगेको छ। स्थानीय मानिसहरूले बताए अनुसार गत राति लगभग ८ बजेर ३० मिनटमा चट्याङसितै हावा पानी परेपछि इलाकाको घरहरूमा धेरैवटा रुखहरू लडेपछि नधाबारी इलाकामा व्यापक क्षति भएको छ। गत राति परेको हावा पानीले गर्दा गाउँलेहरू आतङ्कित बनेका थिए।