कुचबिहार: कुचबिहार शहरको १५ नम्बर वार्डस्थित बाँधपार इलाकामा घरमाथि रुख ढल्दा तीन जना घाइते भएका छन्। कुचबिहारमा गत राति १० बजी तीव्र हावासितै पानी पर्दा १५ नम्बर वार्डको बाँधपार इलाकामा धेरै पुरानो एउटा रुख घरमाथि ढल्दा तीनजना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगेपछि प्राथमिक उपचार गरेर छुट्टी दिएको छ। यसबारे घरमाथि रुख ढल्दा धेरै क्षयक्षति पुऱ्याएको छ। घटनाको पाएर सिभिल डिफेन्सको टोली आज बिहान घटनास्थलमा पुगेर सो रुख त्यहाँबाट हटाएको बताइएको छ।