सन्त मङ्गल एकाडेमीद्वारा सम्बर्धना कार्यक्रम सम्पन्न

00-1-A-4-1

मङ्पू: अन्तर्राष्ट्रिय गायन प्रतियोगीता द् भोइस नेपाल किड्स-सिजन-२ मा सेमी फाइनल पुग्न सफल भएकी विद्यालयकी पूर्व छात्रा मङ्पूकी छोरी प्रार्थना गुरुङलाई विद्यालयमा विविध सांगीतिक कार्यक्रमको साथमा सम्बर्दना जनायो। सानै उमेरमा उनले प्राप्त गरेको उपलब्धि सबै नानीहरूको निम्ती प्रेरणाको श्रोत बनेको हुँदा उनकै पाँचौं श्रेणीका  साथीहरुले स्वागत जनाए।

शिक्षिका सुमिरा तामाङलगायत नानीहरुले सञ्चालन गरेको उक्त कार्यक्रममा पाँचौं श्रेणीका निधि राईले स्वागत सम्भाषण, जेसन राई, आकृति सुब्बा अनि सामदेन् लामाले  सुन्दर सुन्दर गीतहरु प्रस्तुत गरे भने आवेश भुजेल  अनि स्मृति राईले सुन्दर नित्यहरु  प्रस्तुत गरे। उनको सांगीतिक यात्राको सुनौलो भविष्यको कामना गर्दै स्कूलको पक्षमा प्राचार्य मन्जित थापाले दोसल्ला ओढाई, ‘स्मृति चिन्ह’ प्रदान गरी बधाई जनाए।

प्रार्थनाले  सबै शिक्षकहरूलाई धन्यवाद स्वरूप खादा लगाई सुन्दर गीतहरु प्रस्तुत गरिन्। कार्यक्रमको अर्को चरणमा जिल्ला स्तरीय अन्तरविद्यालय कविता प्रतियोगितामा चयन भएर भाग लिन सक्षम बनेका आठौं श्रेणीका छात्र प्रणवदीप छेत्रीलाई पनि साहित्यको क्षेत्रमा निरन्तरता दिने हौसला दिँदै  शुभेच्छा प्रदान गरियो।

About Author

Advertisement