नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४२५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,८९,३४१ पुगेकाे छ। विगत २४ घण्टामा केरलाबाट मिलाइएको १ जना समावेश गरी कुल ३ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८५९ पुगेको छ। यसरी नै यस अवधिमा ८७० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५२,२२३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ५,२५९ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ०.७० प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ०.९० प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१०,८०९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,००,५८,८२१ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १,३६६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,०५,६१८ जनाले यो खोप लगाइसकेको छन्।