प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको चेल्सी विरुद्ध यादगार जीत

IMG-20230526-WA0136.jpg

२६ मईः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेडले चेल्सी विरुद्ध यादगार जीत हासिल गऱ्यो। बिहीवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा चेल्सीलाई ४-१-ले पराजित गऱ्यो। म्याचमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडले म्याचको दुवै हाफमा २-२ गोल गऱ्यो। कासेमिरोले छैटौं मिनटमै गोल दिलाएपछि एन्थोनी मार्शियलले मध्यान्तर अघि स्टपेज टाइममा बढ़तलाई दोब्बर पारे। त्यसपछि ब्रूनो फर्नाण्डेजले ७३औं मिनटमा पेनल्टीबाट अनि मार्कस रासफोर्डले ७८औं मिनटमा लगातार दुई गोलको साथ स्कोर युनाइटेडको पक्षमा ४-० बनाए। अन्तमा जोआओ फेलिक्सले ८९औं मिनटमा चेल्सीलाई सान्त्वना गोल दिलाए। यस जीतको साथै म्यानचेष्टर युनाइेड ३७ वटा म्याचमा ७२ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको तेस्रो स्थानमा पुग्यो। टीमको यो लीगमा लगातार तेस्रो जीत हो। यसको विपरीत प्रीमियर लीग सीजनमा १६औं पल्ट पराजित हुने चेल्सी चाहिँ झर्दै-झर्दै ४३ पोइण्ट्सको साथ १२औं स्थानमा पुग्यो। चेल्सीले अहिलेसम्म केवल १० वटा म्याच जित्न सकेको छ।

About Author

Advertisement