२६ मईः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ालाई जूनमा हुने दुईवटा च्याम्पियनशीपको निम्ति फिनल्याण्डमा अभ्यास गर्ने अनुमति हासिल भयो। युवा कार्य अनि खेल मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्ने नीरज फिनल्याण्डको कुओर्ताने ओलम्पिक सेण्टरमा अभ्यास गर्न चाहन्छन्। हालै वर्ल्ड ऱ्यांकिंगमा शीर्ष स्थानमा पुग्ने नीरजले २०२२-मा पनि त्यहाँ अभ्यास गरेका थिए। अन्य प्रस्तावहरूमा मिशन ओलम्पिक सेलले टेबल टेनिस खेलाड़ी पायस जैनलाई ताईवानमा अभ्यास गर्ने अनुमति दियो। सीनियर टेबल टेनिस खेलाड़ी मनिका बत्रा र साथियान ज्ञानशेखरनलाई निजी प्रशिक्षकहरूलाई विभिन्न टुर्नामेण्टहरूमा साथमा लैजाने अनुमति पनि हासिल भयो। वित्तीय सहायतामा हवाई यात्राको खर्च, शिविरको खर्च, बस्ने-खाने खर्च, चिकित्सा बीमाको खर्च अनि पकेट मनी पनि सामेल छ। एमओसी सदस्यहरूले नौकायन खेलाड़ी सलमान खानलाई टप्स समूहमा सामेल गरे।









