गान्तोक: रिनाक निर्वाचन क्षेत्र अन्तर्गत तारपिन ग्राम पञ्चायत यूनिटका १५ जना सदस्यहरूले गेरेथाङ लाबिङ ग्राम पञ्चायत यूनिटको भ्रमण गरे। भ्रमण टोलीमा विशेष गरेर पीआरआईका सहनिर्देशक, पञ्चायत सदस्य, प्रशासनिक अनि एकाउन्ट विभागका कर्मचारीहरू सामेल रहेका थिए।भ्रमण गर्नुको मूख्य उद्देश्य गेरेथाङ लबिङ अन्तर्गत प्रशासनिक कार्यबारे जानकारी लिनको निम्ति एक्सपोजर भ्रमण गरिएको बताएको छ।

भ्रमणको क्रममा टोलीलाई उक्त ग्राम पञ्चात यूनिटका अध्यक्ष शशि लुइटेल लगायत अन्यहरूले स्वागत जनाए। यस अवसरमा भ्रमण टोलीलाई लबिङ गेरेथाङ जीपीयूले अहिलेसम्म हासिल गरेको उपलब्धि र सफलताबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा अवगत गराइयो। यस जीपीयू एक मोडल जीपीयू भएको र हालसम्म यसले राष्ट्रीयस्तरको विभिन्न पुरस्कार हासिल गरिसकेको छ।

यसै क्रममा जीपीके हलमा दुवै जीपीयूका पञ्चायत साथै अधिकारीहरूलाई लिएर विभिन्न विषयमा अन्तरक्रियाको पनि आयोजना गरिएको थियो।