केन्द्रिय टोलीसँग जलशक्ति अभियान कार्यक्रम कार्यान्वयनबारे समीक्षा सभा

IMG-20230525-WA0292.jpg

गान्तोक: “क्याच द रेन’’ जलशक्ति अभियान कार्यक्रमको कार्यान्वयन प्रगतिको समीक्षा गर्न गान्तोकको जिल्ला प्रशासनिक केन्द्रको मिनी कन्फरेन्स हलमा बुधवार एक बैठक आयोजन गरियो।

बैठकमा गृह मामिला मन्त्रालयका उप-निदेशक एवं केन्द्र सरकारको टोली प्रमुख राहुल मलिक, वरिष्ठ वैज्ञानिक एवं प्रविधि अधिकारी आरके मोहण्टी, गान्तोकका अतिरिक्त जिल्लापाल रोहन रमेश अगवाने, अतिरिक्त जिल्लापाल विकास, श्रीमती राधा प्रधान, कृषि, ग्राणी विकास विभाग अनि स्मार्ट सिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राहुल मलिकको अगुवाईमा रहेको केन्द्रिय टोलीले जियो-ट्यागिङ जल निकायहरूमा गरिएका प्रयासहरूको मूल्याङ्कन गऱ्यो। योसँगै खाने पानीको स्रोत दिगोपन, कोषको उपयोग र कार्यान्वयन गर्ने निकायहरू र सरोकारवालाहरूबाट सुझाउ लिने कार्य भयो। जिल्ला प्रशासन अनि सम्बन्धित विभागहरूद्वारा योजनाहरूको अवलोकन प्रस्तुत गरियो। यसपछि केन्द्रिय टोलीका प्रमुख राहुल मलिकले गान्तोक जिल्लामा उत्कृष्ट जल संरक्षण अनि ईष्टतम जल उपयोगको निम्ति मूल्यावान अन्तर्दृष्टि अनि सिफारिशहरू प्रदान गरे। गान्तोक जिल्लामा जल संरक्षण अनि वर्षा जल सञ्चयनसँग सम्बन्धित विविध योजनाहरूको कृषि, ग्रामीण विकास अनि पञ्चायती राज (आरडीडी) र स्मार्ट सिटीका सम्बन्धित अधिकारीहरूले केन्द्र सरकारको टोलीलाई अवलोकन गराए।

योसँगै एम. राहुल मलिकको नेतृत्वमा रहेको केन्द्र सरकारको टोलीले जलशक्ति केन्द्र, अमृत सरोवर अनि जल जीवन मिशन, जलशक्ति अभियान र अन्य सम्बन्धित योजनाहरू अन्तर्गत गरिएका कार्यहरूको निरीक्षण गर्नेछन्। यसको मूल उद्देश्य ती कार्यप्रगतिबारे थप आँकलन गर्नु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement