सिलगढीको एउटा चर्चित रिसोर्टमा यौन व्यवसायको भन्डाफोर

00-1-Chheriya-Samachar-3

सिलगढी: सिलगढीको चर्चित रिसोर्ट ब्लू माउन्टेनमा यौन व्यवसायको धन्दा चलिरहेको सिलगढी मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुप एसओजी अनि प्रधान नगर थानाले भन्डाफोर गरेको छ। अन्य राज्यबाट आएका ग्राहकहरूलाई ब्लू माउन्टेन रिसोर्टमा रात रंगीन साथै मौज- मस्ती गराउनका लागि युवतीहरूसित पार्टी गराइने गरिन्छ। पार्टीको नाममा यहाँ यौन व्यवसाय चलिरहेको पुलिसले दावी गरेको छ। यसैक्रममा गत राति आएका तीनजना व्यक्तिलाई मौज-मस्ती गराउनका लागि सो रिसोर्टमा मद- पान सहित पार्टीको सम्पूर्ण व्यवस्था गरिएको थियो। यस अवधि सिलगढी मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुप एसओजी र प्रधान नगर थाना पुलिसले सादा पोशाकमा पुगेर गत राति रिसोर्टमा रंगीन पार्टीको नाममा चलिरहेको यौन व्यवसायको खुलासा गरेको छ। यसको साथै चार जनालाई पनि यहाँबाट पक्राउ गरेको छ भने एकजना युवतीलाई रिसोर्टबाट उद्धार गरेको छ। पक्रा पर्नेहरूमा राजु सरकार, विनित गौतम, अभिषेक गौतम र इकबाल अहमद हाँसमी सामेल छन्। तिनीहरूमध्ये राजु सरकार सिलगढीको झन्कार मोड निवासी हुन् भने अन्य तीनजना बिहारको पटना निवासी हुन्। पुलिसले चारै जना आरोपीमाथि इममोरल ट्राफीकिङ अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरेर रिमान्डको मांग गरेको छ। यसको साथै यौन व्यवसायको धन्दामा ब्लू माउन्टेन रिसोर्टको के भूमिका रहेको छ भन्ने बारे एसओजी ले जाँच शुरू गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *