पाकिस्तानले आफ्नो बढ्दो ऋण तिर्न चीनलाई पाकिस्तानले कब्जा गरेको कश्मीर क्षेत्र (पीओके) गिलगिट-बाल्टिस्तान (जीबी) लाई भाडामा दिनसक्छ। काराकोरम नेशनल मुभमेन्टका अध्यक्ष मुमताजले आशंका व्यक्त गर्दै पृथक र उपेक्षित गिलगिट बाल्टिस्तान विश्व शक्तिहरूसँग प्रतिस्पर्धा गर्न भविष्यको युद्धभूमि बन्न सक्ने बताए। कश्मीरको उत्तरी भाग चीनसँग जोडिएको छ र मुमताजले ऋण तिर्न पाकिस्तानले जुनसुकै बेला चीनलाई सुम्पन सक्ने आशंका व्यक्त गरेका छन्। तर, पाकिस्तानी सञ्चारमाध्यममा मुमताजले जनतामाझ गलत समाचार फैलाइरहेको उल्लेख गरिएको छ।
मुमताजले भने, ‘पाकिस्तानले गैरकानुनी रूपमा कब्जा गरेको गिलगिट-बाल्टिस्तान चीनको दक्षिण एसिया विस्तारको लागि वरदान हुनेछ। यदि पाकिस्तानले गिलगिट-बाल्टिस्तान चीनलाई सुम्प्यो भने, त्यसको लागि चीनबाट ठूलो रकम प्राप्त गर्नसक्छ, जसले आफ्नो वर्तमान आर्थिक संकटको सामना गर्न मद्दत गर्नसक्छ। तर यो कदमले उसलाई ठूलो मूल्य चुकाउन पनि सक्छ किनभने अमेरिकाले चीनको प्रभाव कुनै पनि हालतमा बढोस् भन्ने चाहँदैन। आईएमएफ, विश्व ब्यांक र अन्य विश्वव्यापी एजेन्सीहरूबाट कोष प्राप्त गर्नबाट अमेरिकाले निकट भविष्यका लागि पाकिस्तानलाई कालोसूचीमा राख्न सक्छl’ पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गिलगिट–बाल्टिस्तानको जनसंख्या घट्दै गएको छ। सक्षम मानिसहरु परिवारसहित पलायन भइरहेका छन्। चिन्ताको विषय एउटा रिपोर्टले बताउँछ कि पाकिस्तानमा हुने कुल आत्महत्यामध्ये नौ प्रतिशत जीबीमा हुन्छ। देशको बाँकी भागमा बिजुली उपलब्ध गराए पनि गिलगिट-बाल्टिस्तानमा दुई घण्टा मात्र बिजुली छ, किनभने यो क्षेत्र पाकिस्तानको राष्ट्रिय ग्रिडको हिस्सा होइन। थप रूपमा यो खाद्यान्न अभावबाट ग्रस्त छ र जलविद्युत वा अन्य स्रोतहरूमा कुनै नियन्त्रण छैन।










