प्रधाननगर थाना इलाकामा थप सीसीटीभी क्यामारा जडान गरियो

IMG-20230525-WA0282.jpg

सिलगढी: प्रधाननगर थाना इलाकामा थप सीसीटीभी क्यामारा जडान गरिएको छ। पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले आज प्रधान नगर थानामा सीसी टीभी क्यामारा कन्ट्रोल रूमको उद्घाटन गरे। नयाँ ७५ वटा सीसीटीभी क्यामारा जडान गरिएको छ। चम्पासरीबाट तीनधारे मोडसम्म ३० वटा स्टेट गेस्ट हाउसबाट समरनगर बटतलासम्म १६ वटा अनि दार्जिलिङ मोडदेखि सालबारीसम्म २९ वटा सीसी टीभी क्यामारा जडान गरिएको छ। अझ थप सीसीटीभी क्यामारा जडान गरेकोले गर्दा पुलिस कर्मीहरूले यी सडकहरूमा कठोर नजरदारी राख्नेछन्।

About Author

Advertisement