तस्करी गर्न अगावै भैंसी सहित दुईजना तस्कर पक्राउ

image0_1.2e16d0ba.fill-1600x900.format-webp_IswTZuw.webp

फाँसीदेवा: तस्करी गर्न लगिरहेको २६ वटा भैंसी सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। यसरी पक्रा परेकाहरू उत्तरप्रदेश निवासी मोहम्मद अब्दुल्ला र मोहम्मद अमिल सामेल छन्। जानकारी अनुसार फाँसीदेवा ब्लकको विधाननगरको मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि एउटा डाक पार्सलको वाहनलाई रोकेर छानबीन गर्दा २६ वटा भैंसी उद्धार गरेको बताइएको छ। घटनामा चालक र खलासीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार चालकले जफत गरेको उक्त भैंसीको वैध कागजपत्र देखाउन नसकेको साथै सो भैंसीहरूबिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement