नवजात शिशुलाई जन्म दिएपछि आमाको मृत्यु

IMG-20230525-WA0281.jpg

सिलगढी: आज बिहान सिलगढी जिल्ला अस्पतालमा नवजात शिशुलाई जन्म दिएपछि आमाको मृत्यु भएको घटनालाई केन्द्र गरेर मृतकको परिवारका सदस्यहरूले हङ्गामा गरे। जानकारी अनुसार सिलगढीको चयनपाड़ा निवासी सम्राट मजुमदारको स्वास्नी माला सरकार मजुमदारलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेपछि गत २४ मईमा तिनले सिजेरियनको माध्यमद्वारा एउटा शिशुलाई जन्म दियो। परिवारका सदस्यहरूको आरोप अनुसार शिशुको जन्मपछि माला स्वस्थ नै थिइन्। राति तिनीसित कुराकानी पनि गरेको थियो। तर आज बिहान परिवारका सदस्यहरूले मालाको शारीरिक स्थिति अचानक खराब भएको थाहा पाएपछि तत्कालै अस्पतालमा पुग्दा तिनको मृत्यु भएको थाहा पाए। यसपछि आक्रोशित परिवारका सदस्यहरूले अस्पतालमाथि लापर्वाहीको आरोप लगाउँदै हङ्गामा शुरू गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याए। यस विषयमा अस्पतालका सुपर चन्दन घोषले मामिलाको जाँच गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *