खरसाङ बजारलाई सफा राख्ने विषयमा सभा

IMG-20230525-WA0274.jpg

नगरपालिकाद्वारा खरसाङ नगरपालिका क्षेत्रमा नालीमाथि लगिएको पानीको डेट पाइप लाइनहरू निकाल्ने निर्णय

खरसाङ: खरसाड नगरपालिकाद्वारा खरसाङ शहरलाई स्वच्छ एवं सुन्दर राख्न निरन्तर सफाई कार्य गरिरहेको दाबी गरेका छन्। नगरपालिकाले अब बर्खा अघि नै नाला झोडाहरू सफाई कार्यक्रम सम्पन्न गरेता पनि जनमानसको पानीका पाइप लाइनहरू नालीकै माथिबाट बिछाएका छन् साथै अचाहिन्दो (डेट लाइन)हरू छन् भनी नगकपालिकाले जनाएको छ। उक्त पाइप लाइनहरूले गर्दा पनि केही क्षण पानी परे पनि बाटोमा पानी बग्ने गरेको एवं जनमानसलाई नै असुविधाको सामना गर्न परिरहेका छन्। यसर्थ उक्त जनहितको असुविधालाई मध्यनजर राखेर झट्टै नै अब नाला झोडाहरूबाट पानीको पाइपहरू (डेट लाइन)हरू निकाल्ने भनी नगरपालिका इञ्जिनियरहरूले निरीक्षण कार्य गरेता पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित कुमार थापाको निर्देशमा २९ नम्बर समष्टि अध्यक्ष पेमेन्द्र गुरुडलाई नगरपालिकाको कतिपय क्षेत्रमा पानीको पाइप-लाइनको गुच्छाहरूले गर्दा ठीकसँग नालीमा पानी नबग्नाले पानी सडकमा बगेको र उक्त क्षेत्रका डेट लाइनहरू निकालेर पानीको पाइप लाइन नालीको किनारामा बाँध्ने कार्य गरे उचित रहने बताइएको छ। यसैको लागि आज नै पेमेन्द्र गुरूङलाई खरसाड नगरपालिका कार्यालयमा पठाएको थिए भने खरसाड नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानकै तत्परतामा नगरपालिकामा कार्यरत् सम्पूर्ण फिटरहरूलाई निम्ताएर महत्वपूर्ण सभा सम्पन्न गरियो। सभामा झट्टै नै नगरपालिका क्षेत्रको पानीको डेट पाइप लाइनहरू निकाल्ने निर्णय लिएका छन्। साथै उक्त कार्यमा क्षेत्र क्षेत्र नगरवासीहरूले पनि सहयोग गरिदिने अपिल गरेका छन्। उक्त कार्य गर्दै जाँदा केही आवश्यक परे जीटीए प्रमुख कार्यपालको सहयोग लिने निर्णय लिएका छन्। सभा खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधानकै चेम्बरमा सम्पन्न गरियो। आजको सभामा उपाध्यक्ष सुवास प्रधान, इञ्जीनियर गोविन्द अधिकारी, सरोज गजमेर, पेबेीन्द गुरूङ, फिटरहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङको विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *