जलपाईगुडी: जलपाईगुडी कदमतला बस टर्मिनसबाट सिलगढी जाँदै गरेको एक निजी मिनीबस यात्रुहरूसहित टोटोलाई बचाउन खोज्दा गुमती नम्बर ४ नजिकैको क्षेत्रमा नियन्त्रण गुमायो र बिजुलीको पोलमा ठोक्कियो। बिजुलीको पोल तोडेर बस सडकको छेउमा रहेको घरभित्र पसेको थियो। घटनामा घरमा क्षति पुगेको छ भने धेरै यात्रु घाइते भएका छन्। घाइतेहरुको जलपाईगुडी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे कोतवाली पुलिस चौकीले अनुसन्धान गरिरहेको छ। स्थानीयवासी, दमकल र विद्युत् विभागका कर्मचारीले घटनास्थलबाट यात्रुको उद्धार गरेका थिए।