सिलगढी: सीपीआईएमएल द्वारा ५६औं नक्सलबाड़ी दिवस मनाइयो। सो अवसरमा बिहीबार बाघजातिन पार्कमा श्रद्धाञ्जली सभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। सन् १९६७ मा नक्सलबारीको प्रसादुजोतमा किसानले आफ्नो अधिकारका लागि गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर आठ किसान परिवारका गृहिणी, एक किसान र दुई बालबालिकाको ज्यान गएको थियो। र त्यहाँबाट आन्दोलनको ज्वाला देशभर फैलियो। सोही दिनलाई नक्सलबारी दिवसका रुपमा मनाइन्छ। बिहीबार दिउँसो आयोजित कार्यक्रमको शुरुवातमा नेकपाका नेताहरुले शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । पछि नक्सलबारी आन्दोलनको इतिहास र नक्सलबारी दिवसको महत्वबारे छलफल भएको थियो।