उच्च माध्यमिक परीक्षामा होली क्रस कन्या विद्यालय सोनादाको परिणाम उत्कृष्ट

photocollage_2023525201723694.jpg

मोहिका लिम्बुले ९२ र रिया प्रधानले प्राप्त गरिन् ९१.५ प्रतिशत अंक

सोनादा: यसपालीको उच्च माध्यमिक परीक्षामा सोनादाको होलीक्रस कन्या उच्चतर माध्यमिक विद्यालयले उत्कृष्ट परिणाम प्राप्त गरेको छ। होली क्रस विद्यालयको जम्मा १४९ जनाले यसपालीको उच्च माध्यमिक परीक्षा दिएका थिए। सोनादाको होली क्रस उच्चत्तर माध्यमिक विद्यालयकी विद्यार्थी मोहिका लिम्बुले यसपालीको उच्च माध्यमिक परीक्षामा ९२ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। सोनादाको होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयकी विद्यार्थी एवं सकफरा बिजनबारी निवासी पिता राजेन लिम्बु र माता लछी लिम्बुकी सुपुत्री मोहिका लिम्बुले यसपालीको उच्च माध्यमिक परीक्षामा ९२ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भई स्कूलको नाम रोशन गरेकी छन्। त्यसरी नै होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयकी अर्का विद्यार्थी रिया प्रधानले पनि यसपालीको उच्च माध्यमिक परीक्षामा जम्मा ९१.६ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। धोतरिया अफिस गाउँ निवासी पिता बीरेन प्रधान र माता रिना प्रधानकी सुपुत्री रिया प्रधानले उच्च माध्यमिक परीक्षामा ९१.६ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भई आफ्नो स्कूल होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय। आफ्नो गाउँ र परिवार साथै सोनादा क्षेत्रलाई नै गौरान्वित बनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement