सिलगढी नगर निगमले अवैध होर्डिङ्स विरुद्ध अभियान सुरु

6c17f4a2-51ad-43be-872e-92abe5957fda

सिलगढी: सिलगढी नगर निगमले अवैध होर्डिङहरू विरुद्ध अभियान सुरु गरेको छ। सिलगढीको सालुगारा क्षेत्रमा लगाइएका अवैध होर्डिङलाई बिहीबार नगर निगमले हटायो। लामो समयदेखि सहरमा जताततै अवैध होर्डिङले नगरको सौन्दर्य नष्ट हुँदै आएको छ। गुनासो आएपछि मेयर राजेशप्रसाद शाहको उपस्थितिमा अवैध होर्डिङविरुद्ध अभियान चलाइएको थियो । यस्ता कारवाही निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement