सिलगढी: प्लास्टिकमुक्त र प्रदूषणमुक्त वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बागडोगरा वन विभागले विभिन्न स्वैच्छिक संस्थाहरूसँग मिलेर बागडोगरा टिपु खोला इको-टूरिज्म स्पटमा सरसफाई अभियान सञ्चालन गरेको छ। बिहीबार जताततै छरिएका प्लाष्टिक र फोहोर सफा गरी सो क्षेत्रको सरसफाई गरिएको थियो । आजको कार्यक्रममा प्लाष्टिकमुक्त वातावरण निर्माण गर्ने सन्देश दिइएको थियो । कार्यक्रममा कालीपाद घोष तराई महाविद्यालयको एनएसएस युनिट १ र युनिट २ का विद्यार्थी र केन्द्रीय वन बस्ती क्षेत्रका स्वयं सहायता समूहका सदस्यहरूको सहभागिता थियो। कार्यक्रममा कर्सियाङ डिभिजनका एडीएफओ भूपेन विश्वकर्मा, बागडोगरा फरेस्ट रेन्जर समीरन राज, एनडब्ल्यूए अध्यक्ष अनुजित बसु, विद्यार्थी र एनएसएस इकाईका समूहका सदस्यहरू उपस्थित थिए।