ख्येन रिन्पोछेको ७३औँ जन्मदिन भव्यताको साथ पालन

a0f116fa-5424-45a0-922f-fa6ca2eca97a


कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघका अध्यक्ष औं मूल धर्मगुरु परम पुज्यनीय ख्येन रिन्पोछे सांग्ये लोडोको ७३औं जन्म दिन बिहीबार संघको मुख्य कार्यालय जयगाउँ स्थित महायाण बौद्ध शिक्षा केन्द्रमा विधिवत रुपमा पालन गरीएको जानकारी संघका महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्। जयगाउँ शाखाद्वारा आयोजित जन्म दिवसको प्रथम सत्रमा रिन्पोछेको दिर्घायु अनि सुस्वास्थ्यको कामना हेतु आयु पाठ र मन्त्र जप गरीएको थियो। त्यस पश्चात रेम्बोर्छेको नाउँमा ल्याईएको केक काट्ने कार्यक्रम सम्पन्न गरिएको थियो। विभिन्न शाखा प्रशाखाबाट आएका सदस्यहरूको तर्फबाट कुसुम मेन्डल रेम्बोर्छेलाई प्रदान गर्दै दीर्घायुको कामना गर्दै खदार्पण गरीएको थियो। कार्यक्रमको अन्त्यमा रिन्पोछेको दिर्घायुको निम्ति छेथार छोग्पा लामा समुहको सहयोगमा छेथार (प्राण दान) पूजा सम्पन्न गरीए पश्चात छेथारमा चढ़ाएको माछा तोर्सा नदीमा लगेर विसर्जन गरीएको थियो। कार्यक्रममा ख्येनछेन रेम्बोर्छेलाई जन्मदिनको शुभकामना दिन औ तिनको आशिर्वाद ग्रहण गर्न अतिथिको रुपमा जेडीएका एईओ तथा एडीएम भूषण शेर्पा, अलिपुरद्वार जिल्ला अल्पसंख्यक मामिला अधिकारी प्रवीण लामा, जयगाउँ एसडीपीओ एलटी भोटिया, कालचिनी विधायक विशाल लामा एवम् लामा संघका धर्मगुरुगण, केन्द्रिय समिति सदस्यगण , शाखा प्रशाखाको सदस्यगण अनि श्रद्धालु बौद्ध भक्त तथा उपाशक उपाशिकाहरुको बाक्लो उपस्थिति रहेको थियो। यता बिहीबार साँझ रेम्बोर्छेको जन्मदिनको अवसरमा मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीमा गुम्बा कमिटीको पक्षबाट केक वितरण साथै रेम्बेर्छेको दिर्घायुको निम्ति म्हाणी मोलम पाठ सम्पन्न गरीएको गुम्बा कमिटीका सदस्यहरुले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement