नयाँ संसद भवनको उद्घाटनमा प्रधानमन्त्री मोदीद्वारा संसद भवनमा ऐतिहासिक तथा पवित्र ‘सेन्गोल’ स्थापना गरिने

00-1-A-Pic-unnamed
नयाँ दिल्ली: आइतबार नयाँ संसद भवन राष्ट्रलाई समर्पित हुँदा इतिहास दोहोरिनेछ। आजको दिन माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले निष्पक्ष तथा समतामूलक शासनको पवित्र प्रतीक सेन्गोल ग्रहण गरी नयाँ संसद भवनमा स्थापना गर्नेछन्। यो त्यही सेन्गोल हो जसलाई भारतका प्रथम प्रधानमन्त्री प० जवाहरलाल नेहरूले १४ अगस्तको राति आफ्नो निवासमा धेरै नेताहरूको उपस्थितिमा स्वीकार गरेका थिए।

भारतको स्वतन्त्रताको अवसरमा भएको सम्पूर्ण घटनालाई स्मरण गर्दै गृहमन्त्री अमित शाहले भने, ‘स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारतका अधिकांश जनतालाई सेन्गोल पण्डित जवाहरलाल नेहरूलाई हस्तान्तरण गरेर भारतको सत्ता हस्तान्तरण भएको घटनाबारे थाहा छैन। यो १४ अगस्त, १९४७ को राति भारतको स्वतन्त्रताको उत्सव एक विशेष अवसर थियो। यस रात जवाहरलाल नेहरूले विशेष रूपमा आइपुगेका तमिलनाडुको तिरुवदुथुराइ अधेनाम (मठ) का अधेनाम (पुजारी) बाट ‘सेन्गोल’ प्राप्त गरे। यो ठीक त्यो क्षण थियो जसमा अङ्ग्रेजहरूले भारतीयहरूको हातमा सत्ता हस्तान्तरण गरेका थिए। हामीले जुन स्वतन्त्रताको रूपमा मनाइरहेका छौँ, त्यो वास्तवमा ‘सेन्गोल’ लाई हस्तान्तरणको क्षणबाट चिह्नित छl’

केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको पत्रकार सम्मेलनमा देखाइएको भिडियो हेर्न क्लिक गर्नुहोस्:

प्रधानमन्त्रीले सेन्गोललाई अमृत कालको राष्ट्रिय प्रतीकका रूपमा ग्रहण गर्ने निर्णय गरेका छन्। संसदको नयाँ भवन त्यही घटनाको साक्षी हुनेछ, जसमा अधेनम (पुजारी)-ले समारोहलाई दोहोरऱ्याउनेछन् र प्रधानमन्त्रीलाई सेन्गोल हस्तान्तरण गर्नेछन्। गृहमन्त्री शाहले सेन्गोलको बारेमा थप विस्तार गर्दै भने, ‘सेन्गोलको अर्थ धेरै गहिरो छ, जुन तमिल शब्द ‘सेम्माई’बाट आएको हो, जसको अर्थ ‘धर्म’ हो। यसलाई तमिलनाडुको प्रमुख धार्मिक मठका उच्च पुजारीहरूले आशीर्वाद दिएका छन्। नन्दी, ‘न्याय’ को दर्शकको रूपमा आफ्नो अटल दृष्टिको साथ शीर्षमा हातले कोरिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सेन्गोलको प्राप्तकर्तासँग न्यायपूर्ण तथा निष्पक्ष शासन रूपले शासन गर्नका लागि आदेश (तमिलमा आनाई) छ। यो सबैभन्दा आकर्षक कुरा हो, किनकि जनताको सेवाका लागि चुनिएका मानिसहरूले यो कुरा कहिल्यै बिर्सनु हुँदैनl’

सन् १९४७ देखि उही सेन्गोल प्रधानमन्त्रीले लोकसभामा प्रमुख रूपमा अध्यक्षको मञ्च नजिकै स्थापित गर्नेछन्। यो राष्ट्रलाई हेर्नको लागि प्रदर्शन गरिनेछ, र विशेष अवसरहरूमा बाहिर निकालिनेछ। गृहमन्त्री अमित शाहले ऐतिहासिक सेन्गोल स्थापना गर्न संसद भवन सबैभन्दा उपयुक्त तथा पवित्र स्थान भएको बताएका छन्। ‘सेन्गोल’ को स्थापनाले १५ अगस्त १९४७ को भावनालाई अविस्मरणीय बनाउनेछ। यो असीम आशा, असीम सम्भावना र बलियो तथा समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्पको प्रतीक हो। यो अमृत कालको प्रतीक हुनेछ, जो गौरवशाली युगको साक्षी हुनेछ जसमा भारतले आफ्नो सही स्थान लिनेछ। तमिलनाडु सरकारले २०२१-२२ को हिन्दू धार्मिक तथा परोपकारी अनुदान विभाग (एचआर एण्ड सीई) नीति नोटमा राज्यका मठहरूले खेलेको भूमिकालाई गर्वका साथ प्रकाशित गरेको छ। यस दस्तावेजको अनुच्छेद २४ ले शाही सल्लाहकारको रूपमा मट्सले खेलेको भूमिकालाई स्पष्ट रूपमा प्रकाश गर्दछ।

अधेनामका अध्यक्षहरूसँगको परामर्शमा यो ऐतिहासिक योजना तयार गरिएको हो। यस पवित्र अनुष्ठानको सम्झनामा आशीर्वाद दिन सबै २० अधेनाम अध्यक्षहरू पनि यस शुभ अवसरमा उपस्थित हुनेछन्। ‘म उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यस पवित्र समारोहमा यसको निर्माणसँग सम्बन्धित ९६ वर्षीय वुम्मीदी बङ्गारु चेट्टीजी पनि सहभागी हुनेछन् भन्ने कुरा लिएर म खुशी छु। उनीप्रति कृतज्ञता व्यक्त गर्दछु’, उनले भने। सेन्गोलको बारेमा विवरण र डाउनलोड गर्न मिल्ने भिडियोहरू सहितको विशेष वेबसाइट (sengol1947.ignca.gov.in) आयोजित कार्यक्रममा गृहमन्त्रीद्वारा उद्घाटन गरिएको थियो। उनले भने, ‘हामी चाहन्छौँ- भारतका जनताले यो हेरून् र यो ऐतिहासिक घटनाको बारेमा जान्न पाऊन्। यो सबैका लागि गौरवको विषय होl’ पत्रकार सम्मेलनमा केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री जी किशन रेड्डी, सूचना तथा प्रसारण तथा युवा मामिला तथा खेलकुद मन्त्री अनुराग सिंह ठाकुर र संस्कृति मन्त्रालयका सचिव गोविन्द मोहन पनि उपस्थित थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement