के-लीगः हिमालश्री एथलेटिक क्लब ५-०-ले विजयी

photocollage_202352519025839.jpg

२५ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा हिमालश्री एथलेटिक क्लबले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बिहीवार खेलिएको म्याचमा हिमालश्री एथलेटिक क्लबले बोंग एफसी-लाई ५-०-ले पिट्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट ढेण्डुप भूटियाले ह्याट्रिक गरे। यसबाहेक ब्रेण्डन लेप्चा र अर्पण छेत्रीले १-१ गोल गरे। ढेण्डुप भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। शुक्रवार खेलिने म्याचमा नादोङ भूटिया एफए र गोरुबथान एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३.३० बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement