इसाई मण्डलीहरूका अगुवाहरूको जीवनी हाम्रा पथ प्रदर्शकहरू लोकार्पण गरिने

IMG-20230525-WA0239.jpg

खरसाङ: मुहान प्रकाशनको प्रकाशनमा पूर्वज नेपाली मिशनेरीहरूका जीवनी संगालो पुस्तक सिलगढीमा लोकार्पण गरिने भएको छ। नेपाली भाषी पूर्व नेपाली सेवक (मिसनेरी) हरूका जीवनी पुस्तक ‘हाम्रा पथ प्रदर्शकहरू’ सिलगढीको एक चर्चमा लोकार्पण गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त पुस्तकको लोकार्पण आगामी २७ मई शनिवारको दिन सिलगढीको गाँधानगरस्थित एक चर्चमा लोकार्पण गरिने भएको छ। नेपाली भाषी इसाई मण्डलीका अगुवाहरू (सेवकहरू) माथि लेखिएको उक्त पुस्तकमा जम्मा १२३ जना अगुवाहरूका जीवनी समावेस गरिएको जानकारी प्राप्त भएको छ। ती सबै अगुवाहरूका जीवनी १०० भन्दा बेसी सर्जकहरूले लेखेका छन् भनी मुहान प्रकाशनका प्रमुख पास्टर स्टेफन राईले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *