दार्जिलिङको चिडियाखानामा जन्मिए हिउँ चितुवाका पाँचवटा नयाँ बच्चाहरू

IMG-20230525-WA0237.jpg

दार्जिलिङ: दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क (PNHZ) मा हिउँ चितुवाका पाँचवटा नयाँ बच्चा जन्मिएका छन्। एक महिनाअघि जन्मिएका पाँच शावकहरू लगाएर यहाँ हिउँ चितुवाको संख्या १४ पुगेको छ। ती शावकहरू अहिले १ महिनाको भइसकेका छन् भने तिनीहरुको स्वास्थ्य असल रहेको अनि राम्ररी हेरचार भइरहेको चिडियाखाना प्रशासनले जनाएको छ।

१९५८ मा स्थापना भएको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कले रेड पाण्डा, टिबेटियन वुल्फ, ब्लु शीप, हिमालयन थार लगायत अन्य लोपोन्मुख हिमालयन प्रजातिहरूको प्रजननमा पनि विशेषता प्राप्त गरेको छ। हालै त्यहाँ ६ मार्कोर पनि जन्मिएका छन् भनी दार्जिलिङ पद्यमाजा नाईडु चिडियाखानाको निर्देशक आईएफएस डा. बसवराज होलियाचीले जानकारी गराउनु भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *