खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिमरिङदेखि मालुटार हुँदै दोकान डाँडासम्म जाने बाटो गत दुई चार वर्ष अगाड़ी नै शिलान्यास भए पनि आज सम्म त्यही हालतमा रहेको छ। शिलान्यास गरेर पनि अझसम्म पनि नबनिएको स्थानीयहरूले बताएका छन्। पहिलो झरीमा नै बाटोको यस्तो हालत भएपछि आउने दिनमा के कस्तो होला भन्ने स्थानीयहरूले आरोप लगाएका छन्। यो वर्ष शुरु हुन अगाडी नै मालुटार कोठीडाँडाको जनसभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले बाटो बनाई दिन्छु भनेर वचन दिए पनि आजसम्म उक्त बाटो नबनिएको कारण यहाँ स्थानीय जनताले धेरै दुःख भोग्न परिरहेको स्थानीयहरूले गुनासो गरेका छन्। उक्त रोडमा दुईपल्ट जेसीबी आएर केवल बाटोमा खाल्टो छाप्ने कार्य मात्र भएको र उक्त बाटो चाढ़ोभन्दा चाढ़ो बनाई दिएर वर्षौंदेखिको एउटै मात्र माग पूरा गरिदिने आशामा सम्पूर्ण मालुटार गोदामधुरा गैरी गाउँको जनता रहेको पनि बताएका छन्।










