कोलकाताः महानगर कोलकाताको लाइफ लाइन भनिने मेट्रोमा एकपल्ट फेरि आत्महत्याको प्रयास भएको छ। बिहिवार बिहान कालीघाट मेट्रो स्टेशनमा एक व्यक्तिले कुदिरहेको ट्रेन सामू हाम फालेर आत्महत्या गर्ने प्रयास गरे। यसले गर्दा मेट्रो परिसेवा बाधित भयो।
यद्यपि, चालकले आफ्नो बुद्धिमताको प्रयोग गर्दै उक्त व्यक्ति मेट्रो नजिक पुग्नअगावै मेट्रोको ब्रेक लगाए। मेट्रो अधिकारीहरूको तत्परताले त्यस व्यक्तिलाई निकालेर अस्पताल पुऱ्याइएको छ।
मेट्रो रेलवेका मुख्य जनसम्पर्क अधिकारी कौशिक मित्राले जानकारी गराए, अहिले दक्षिणेश्वरदेखि मैदानसम्म मेट्रोको परिचालन शुरू भएको छ, जबकि कवि सुभाषबाट टलीगंजसम्म मेट्रो चलाइँदैछ। बिहान १०ः१९ बजी त्यस व्यक्तिले मेट्रो अगाड़ी हाम फाले, जसले गर्दा अफिस जाने समय परिसेवा व्यापक स्तरमा बाधित भयो। यसलाई सामान्य बनाउने प्रयास द्रूत गतिमा चलिरहेछ।
-हिस










