कोलकाताः पूर्व मेदनीपुरको एगरा पटेका कारखानामा भएको ब्लास्टमा १२ जनाको मृत्युको जॉंच मामिलामा सीआईडीले लगातार पक्राउ गरिरहेको छ। एक दिनअघि बुधवार मुख्य आरोपित दिवंगत कारखाना मालिक भानु बागकी पत्नीलाई पक्राउ गरिएको छ। अब सीआईडी उसका दुई भतीजको खोजीमा जुटेको छ।
सीआईडीका एक सूत्र अनुसार, भानुकी पत्नी गीता रानी बागलाई अगावै पक्राउ गरिएको छ। यसैगरी, उसको छोरा पृत्वीराज र भतीज इन्द्रजीतलाई पनि पक्राउ गरिएको छ। अब उसका दुई भतीजको खोजी गरिॅंदैछ। उनीहरू ओडिशामा लुकेर बसेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
भानु बागको सम्पूर्ण परिवारले मिलेर यो अवैध कारखाना चलाउने गर्थे, त्यसमा भाई, भतीज, साला तथा अन्यहरू सामेल छन्। यस मामिलामा पॉंच जनालाई अगावै पक्राउ गरिएको छ। दुई भतीजले विस्फोटक ल्याउने, एकत्रित गर्ने र पटेकाको सप्लाईमा सामेल थिए। उनीहरूसॅंग सोधपुछ गरेर विस्फोटक पदार्थ कहॉंबाट ल्याइने गरिन्थ्यो भन्ने पत्तो लगाउन प्रयास गरिॅंदैछ।
-हिस










