बंगालको जंगलमहल क्षेत्रहरूमा ऑंधी-तूफानसॅंगै वर्षाको सम्भावना

am_397

कोलकाताः पश्चिम बंगालको जंगलमहल क्षेत्रहरूमा तीव्र ऑंधी-तूफानसॅंगै भारी वर्षाको सम्भावना छ। मौसम विभागले बिहिवार उक्त जानकारी दिएको छ।

विभाग अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम २६.९ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियसबीच रहेको छ। यस अतिरिक्त बर्दवान, पुरुलिया, बांकुड़ा, झाड़ग्राम, पूर्व र पश्चिम मेदिनीपुर तथा जंगलमहल क्षेत्रहरूमा ३० देखि ४० किलोमिटर प्रति घण्टाको वेगले हावा चल्नेछ र भारी वर्षा हुनेछ।

यस कारण मानिसहरूलाई घरहरूबाट बाहिर नजाने सुझाउ दिइएको छ। कोलकाताको आकाशमा पनि बादल छाएको छ र दिनभरि रोकिॅंदै हल्का पानी परिरहने छ। हावड़ा, हुगली, उत्तर र दक्षिण २४परगनामा पनि पानी पर्ने सम्भावना छ। हाल तीनदेखि चार दिनसम्म यस्तै मौसम रहने बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement