२० वर्षदेखि जीर्ण सडक मर्मतको माग गर्दै गाउँले आन्दोलनमा

aab8e4b5-7f6a-46ec-a764-1aa7f397d3ce

उत्तर दिनाजपुरः २० वर्षदेखि जीर्ण सडक मर्मतको माग गर्दै अन्ततः गाउँले आन्दोलनमा उत्रिएका छन्। सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। घटना रायगञ्ज थाना अन्तर्गत बिन्दोल ग्राम पञ्चायतको परिहारपुर क्षेत्रको हो। यो सडक २० वर्षदेखि निर्माण नभएको स्थानीयको गुनासो छ। विन्दोल चौरस्ता मोडबाट कोयलाडाँगी सीमा क्षेत्रसम्मको करिब ३ किलोमिटर सडक जीर्ण अवस्थामा छ। यस विषयमा प्रशासनले कुनै पहल गरेको छैन। त्यही भएर अन्ततः जनता आन्दोलनतिर लागे। सडक अवरुद्ध गरी टायर बालेर विरोध प्रदर्शन गरिएको हो। आगामी पञ्चायत निर्वाचनअघि सडकको काम नगरे चर्को आन्दोलनका साथै भोट बहिष्कार गर्ने गाउँलेहरूले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement