अन्तिम समयमा गोल खाएर भारतीय महिला टीमको हार

IMG_20220623_150118.jpg

२३ जूनः भारतीय सीनियर महिला फूटबल टीमले कड़ा चुनौती पेश गरे पनि म्याचको अन्तिम क्षणमा गोल खाएर निराशाजनक हारको सामना गर्नु पऱ्यो। बुधवार राति स्टकहोममा खेलिएको म्याचमा भारतलाई स्वीडेनले इञ्ज्युरी टाइममा हासिल गरेको गोलको सहायताले १-०-ले पराजित गऱ्यो। म्याचमा स्वीडेनबाट एकमात्र गोल मीडफिल्डर लिन विकियसले इञ्ज्युरी टाइमको छैटौं मिनटमा छिराए। म्याचमा भारतले शुरुदेखि नै असल प्रदर्शन गऱ्यो अनि गोल गर्ने मौकाहरू पनि सृष्टि गऱ्यो तर अन्तिम क्षणको गल्तीले टीमलाई डुबायो। भारतलाई म्याचको पहिलो मौका १२औं मिनटमा हासिल भएको थियो जब मीडफिल्डर मनीषा कल्याणले साथी खेलाड़ी मार्टिना थोकचोमबाट प्राप्त भएको पासमा शक्तिशाली शट् लिएकी थिइन् तर गोली सीधै विपक्षी गोलकीपरको हातमा गयो। मनीषाले ३५औं मिनटमा फेरि गोल गर्ने मौका पाएकी थिइन् तर स्वीडिश रक्षापंक्तिले उनको प्रयासलाई विफल गऱ्यो। स्वीडिश गोलकीपर एम्मा होल्मग्रेनले पछिबाट ४०औं मिनटमा भारतको अझ एउटा प्रयासलाई रोकिन्। यसबाहेक भारतीय गोलकीपर अदिति चौहानले पनि म्याचमा केही दर्शनीय शेभहरू गरिन्। एक समय त म्याच ड्र हुने तय लागिरहेको थियो तर अन्तिम समयको गोलले स्वीडेनलाई जीत दिलायो। भारतले अब २५ जुलाईमा अमेरिकाको सामना गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement