कुख्यात अपराधीसँग पुलिसको मुठभेड, इलाकामा सनसनी

f04d46cc-bfb6-4213-b863-c8bd1c958b07

कुचबिहार: शीतलकुची ब्लकको नेप्रा गाउँमा गएराति एक कुख्यात अपराधीले पुलिससँग भिडन्त गरेका छन्। पुलिसले कुख्यात अपराधीलाई पक्राउ गर्न ६ राउण्ड फायर गरेको छ। त्यसैले जवाफमा अभियुक्तले पनि अन्धाधुन्ध गोली हाने। घटनामा एक पुलिस घाइते भएको बताइएको छ। हिजो राति अजिजुल मियाँ नामका कुख्यात अपराधी परिवारलाई भेट्न घर फर्केको खबर पुलिसले पाएको थियो। अजिजुल मियाँ गाई तस्करी र गोली हानाहानलगायतका कैयौं मुद्दामा वान्टेड छन्। राति १०ः३० बजे शीतलकुची थानाका ओसी मृत्युञ्जय चक्रवर्तीको नेतृत्वमा ठूलो पुलिस टोलीले अजिजुल मियाँको घर घेरा हालेको थियो। पुलिसले ढोका ढकढकाएपछि अजिजुल मियाँ र उनका एक साथी घरको पछाडिको पर्खालमा चढे। आफूलाई पुलिसले घेरेको थाहा पाएलगत्तै आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउन थाले। शितलकुची पुलिस चौकीका पुलिसले पनि पालैपालो ६ राउण्ड फायर गरेपछि अन्धकारको फाइदा उठाउँदै अजिजुल मियाँ फरार भएका थिए। घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement