कन्टेनरबाट २६ भैँसीसहित उत्तर प्रदेशका २ जना पक्राउ

51d74433-3300-4114-b250-cb18b2283073

सिलगढी: विधान नगर थानाको पुलिसले मुरलीगञ्ज चेक पोस्टमा छापा मारेर एक कन्टेनर कब्जा गरेको छ। खोजी गर्दा कन्टेनरबाट २६ वटा भैँसी बरामद भएको थियो। यस घटनामा पुलिस २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम अमिन (२५) र अब्दुल्लाह (४५) रहेको छ। दुवै उत्तर प्रदेशका बासिन्दा हुन्। उक्त कन्टेनरबाट जम्मा २६ वटा भैंसी बरामद भएको विधाननगर पुलिस थाना प्रहरी स्रोतले जनाएको छ। उद्धार गरिएका भैँसीहरू तस्करीका लागि बिहारबाट असम लगिएको थियो। यस दिन पक्राउ परेकाहरूलाई सिलगढी डिभिजनल कोर्टमा लगिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement