सिलगढी: मई २८ मा प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ संसद भवनको उद्घाटन बहिष्कार गर्ने तृणमूलको घोषणाप्रति भाजपाले कडा आपत्ति जनाएको छ। बीजेपीको सिलगढी संगठनात्मक जिल्ला अध्यक्ष र माटिगारा-नक्सलबारी विधायक आनन्दमय बर्मनले भने कि तृणमूल कांग्रेस बनाउनमा विश्वास गर्दैन तर बिगार्नमा विश्वास गर्छ। साथै उनले भने कि २०२४ मा लोकसभामा आफ्नो पराजय देखेर तृणमूलका नेताहरू क्रोधमा अनियन्त्रित बयान गरिरहेका छन्। उनले नयाँ संसद भवनको प्रधानमन्त्रीले उद्घाटन गर्नु गौरवको विषय भएको बताए। यसमा राजनीति गर्नु हुँदैन।