उच्च माध्यमिक परीक्षामा उच्च अङ्क हासिल गरिन् श्रमिकको छोरीले

16-01-07-72d0ea17-d935-44ec-b8d6-c25a571138e7-1024x576.jpg

राजगञ्जः श्रमिकका छोरा मान्तु कुङ्गारले उच्च माध्यमिक परीक्षामा ४६७ अङ्क हासिल गरेर परिवारको नाम उच्च पारेको छ। तिनी भविष्यमा नर्स बन्न चाहन्छिन्। मान्तु कुङ्गारको बाबु फ्याक्ट्रीमा श्रमिकको रूपमा काम गर्दछन्। आर्थिक अवस्था कमजोर रहेकोले मान्तुको नर्स बन्ने सपना कसरी पुरा गर्न सकिन्छ भन्ने विषयलाई लिएर तिनको परिवारका सदस्यहरू चिन्तित छन्। मान्तु जलपाईगढी संलग्न सदर ब्लकको बेलाकोवा ग्राम पञ्चायत अन्तर्गत खालपाडा इलाका निवासी गोविन्द कुङ्गारकी छोरी हुन्। मान्तु मुदिपाडा एनएन हाई स्कुलकी छात्रा हुन्। तिनले ५०० अङ्कमा ४६७ अङ्क हासिल गरेकी छन्। गोविन्द कुङ्गारको परिवारमा दुइवटा छोरी, स्वास्नी र वृद्धा आमा छिन्। तिनी एउटा केक फ्याक्ट्रीमा श्रमिकको रूपमा काम गर्छन्। तिनको ठुलो छोरी युनिभर्सिटीमा पछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement