तीन देशको यात्राबाट स्वदेश फर्केका प्रधानमन्त्रीलाई हवाईअड्डामा भव्य स्वागत

00-1-PM-Modi-arrival

नयाँ दिल्ली: आफ्नो तीन देशहरू क्रमैले जापान, पापुआ न्यू गिनी र अस्ट्रेलियाको यात्रा सिद्धाएर बिहीबार बिहान दिल्लीको पालम हवाईअड्डामा आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत जनाइयो। यस अवधि भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रीय अध्यक्ष जेपी नड्डाले भने, ‘प्रधानमन्त्रीको गभर्नेन्स मोडलको विश्वले प्रशंसा गरेका छन्l’

यस अवसरमा भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘विश्वका देशहरूमा गएर त्यहाँका महापुरूषहरूसित भेट गरिरहेको छु अनि हिन्दुस्तानको सामर्थ्यको बारेमा कुरा गरिरहेको छु। हिन्दुस्तानका युवा पिँढ़ीको प्रतिभाको चर्चा गर्दछन् र अवसर पाए भारतका नवयुवकहरूको वीरताको बारेमा विश्वमा गएर बताउनेछुl’ प्रधानमन्त्रीले भने, ‘मेरो देशको महान संस्कृतिको गौरवगान गर्दा म आँखा तल झुकाउँदिनँ, आँखा जुझाएर कुरा गर्छुl’ प्रधानमन्त्री मोदीलाई स्वागत गर्दै जेपी नड्डाले भने, ‘बितेको नौ वर्षको अन्तरालमा मोदीजीले वैश्विक स्तरमा भारतको कद बढ़ाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा उनको अटोग्राफ मागिनुले आफै-आफमा मोदीजीको नेतृत्वको चमत्कार र उनको नेतृत्वमा भारतको परिवर्तनशील तस्वीरलाई दर्शाउँछl’

उनले भने, ‘प्रधानमन्त्री जहाँ-जहाँ गए त्यहाँका इण्डस्ट्री लीडर्स, वैज्ञानिक एवं गणमान्य नेताहरू उनीसित भेट गर्न आतुर थिए। उनीहरूले प्रधानमन्त्रीसित गभर्नेन्समाथि पनि चर्चा गरे। यो पनि हाम्रो लागि सौभाग्यको कुरा हो। प्रधानमन्त्रीको गभर्नेन्स मोडलको विश्वले सराहना गरेका छन्l’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement