ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

IMG-20220623-WA0110.jpg

२३ जूनः डामडिममा जारी आठौं भीम बहादुर दर्नाल मेमोरियल विनर्स अनि बान्छाराम साहा मेमोरियल रनर अप् रनिंग ट्रफी नक् आउट फूटबल टुर्नामेण्ट (गोल्ड कप २०२२)-मा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। डामडिम फ्रेण्ड्स यूनियन क्लबद्वारा आयोजित यस टुर्नामेण्टमा बुधवार खेलिएको म्याचमा ब्राइट स्पोर्टिंग क्लबले सेभोकको नेताजी युथ क्लबलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा एक समय २ गोलले पछि रहे पनि ब्राइट स्पोर्टिंग क्लबले लड़ाकू प्रदर्शन गर्दै मध्यान्तरपछि ३ गोल हालेर जीत दर्ता गऱ्यो। विजेता टीमबाट खोकन रोयले २ र कमल रोयले १ गोल गरे। यसरी नै सेभोकको टीमबाट सन्दीप लिम्बु र अभिषेकले गोल गरे। म्याचमा विजेता टीमका गोलकीपर रिषभ छेत्रीले केही असल शेभहरू गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement