२५ मईः फ्रेण्ड्स युनाइटेड र रोयल फूटबल क्लबको संयुक्त प्रयासमा दुईदिने भेटरन (फोर्टी प्लस) फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। त्रिवेणी चौक नजिक खोलाचन्द फाप्री खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १० वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको पहिलो दिन (२७ मई) शुरुवाती चरणका म्याचहरू हुनेछ। त्यसपछि २८ मईको दिन दुईवटा सेमिफाइनल र फाइनल म्याच हुनेछ। टुर्नामेण्टमा रोयल एफसी भेटरन, लिम्बु बस्ती एफसी भेटरन, डागापुर मर्निंग क्लब भेटरन, जेभीयू जलपाइगढ़ी, युनाइटेड भेटरन कालेबुङ, मनजीत एकादश, पीएनएफसी सिलगढ़ी, यूकेएफसी खरसाङ, डुवर्स राइनो भेटरन्स र पूर्वाञ्चक भेटरन नेपालको टीमले हिस्सा लिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।