इटालियन कपमा इण्टर मिलान च्याम्पियन

IMG-20230525-WA0100.jpg

२५ मईः शक्तिशाली इण्टर मिलानले आशानुरुप प्रदर्शन गर्दै इटालियन कप (कोप्पा इटालिया) फूटबल टुर्नामेण्टको खिताब जित्यो। बुधवार अबेर राति खेलिएको फाइनलमा इण्टर मिलानले फियोरेण्टिनालाई २-१-ले पराजित गऱ्यो। टीमलाई च्याम्पियन बनाउन लौटारो मार्टिनेजले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यस अर्जेण्टिनाई स्ट्राईकरले फाइनलमा इण्टरको निम्ति दुवै गोल गरे। मार्टिनेजले बेनफिका र एसी मिलान विरुद्ध पनि महत्त्वपूर्ण गोल गरी इण्टर मिलानलाई च्याम्पियन्स लीगको फाइनलमा पुऱ्याउनमा ठूलो भूमिका निर्वाह गरेका थिए। यसपाली इटालियन कपको फाइनलमा इण्टरले शुरुमै गोल खायो। म्याचमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने फियोरेण्टिनालाई निकोलस गोञ्जालेजले तेस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि मार्टिनेजले पहिला २९औं अनि पछिबाट ३७औं मिनटमा लगातार २ गोल गरी इण्टरलाई च्याम्पियन बनाए। यस सत्रमा यो इण्टरको दोस्रो खिताब हो। यसअघि टीमले जनवरीमा इटालियन सुपर कपको खिताब पनि जितेको थियो। त्यस म्याचमा पनि मार्टिनेजले गोल गरेका थिए। अहिले इण्टर मिलानको लक्ष्य च्याम्पियन्स लीगको खिताब जित्ने रहेको छ। च्याम्पियन्स लीगको फाइनलमा इण्टरको सामना म्यानचेष्टर सिटीसँग हुनेछ। फाइनल १० जूनको दिन इस्तानबुलमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement