प्रीमियर लीगः म्यानचेष्टर सिटीलाई ड्र-मा रोक्न सफल ब्राइटन

IMG-20230525-WA0089.jpg

२५ मईः ईंग्लिश प्रीमियर लीगमा अगावै च्याम्पियन बन्ने म्यानचेष्टर सिटी यसपाली ड्र-मा रोकियो। बुधवार राति खेलिएको म्याचमा पेप ग्वार्डियोलाको टीमलाई ब्राइटनले १-१-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्ड फाल्मर स्टेडियममा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राइटनले शुरुमै गोल खायो। स्टार फरवर्ड फिल फोडेनले २५औं मिनटमा गोल गरी म्यानचेष्टर सिटीलाई बढ़त दिलाए। शुरुमै गोल खाएपछि ब्राइटनले म्याचमा बराबरी हासिल गर्न पनि अधिक समय लगाएन।

जूलियो एनसिसोले ३८औं मिनटमा ब्राइटनलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि सिटी ३७ वटा म्याचमा ८९ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी छैटौं स्थानमा रहने ब्राइटनसँग अहिले ६२ पोइण्ट्स रहेको छ। प्रीमियर लीग सीजनमा म्यानचेष्टर सिटीले आफ्नो अन्तिम म्याच ब्रेण्टफोर्ड विरुद्ध शनिवार खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement