गान्तोक: आज गान्तोक, नाम्ची तथा गेजिङ जिल्लाको निम्ति सम्बन्धित जिल्ला कार्यालयमा सम्पन्न भयो। सबै बैठकमा प्रदेश स्तरबाट एक-एकजना पर्यवेक्षकहरूका साथै जिल्ला कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा मोदी सरकारको नवौं वर्षगाँठको अवसरमा प्रस्तावित विभिन्न कार्यक्रमहरूमाथि छलफल गर्दै उपसमितिहरूलाई जिम्मेवारी प्रदान गरियो।
गान्तोकमा सम्पन्न जिल्ला कार्यसमिति बैठकमा प्रदेश अध्यक्ष डीआर थापा पर्यवेक्षकको रूपमा उपस्थित थिए भने कार्यक्रमको शुरूवाती चरणमा केन्द्रिय अल्पसंख्यक मामिलाका राज्यमन्त्री जोन बारला अनि कालचिनीका भाजपा विधायक विशाल लामाको विशेष उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै मन्त्री जोन बारलाले मोदी सरकारका विविध जनकल्याणकारी योजना, स्वरोजगार तथा शिक्षा अनि स्वास्थ्य क्षेत्रमा गरेका ऐतिहासिक कार्यहरूबारे उपस्थित भेलालाई जानकारी गराए। यस अतिरिक्त उनले अल्पसंख्यक मामिला मन्त्रालयको प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत सिक्किममा कार्यान्वयन भइरहेका विभिन्न परियोजनाहरूबारे विस्तृत जानकारी दिँदै आगामी महिनाव्यापी जनसम्पर्क अभियानमा सबैले यी विषयहरूलाई जन-जनसम्म पुऱ्याउन आह्वान गरे।
बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तथा अप्पर बुर्तुकका विधायक डीआर थापाले आगामी महिनाव्यापी कार्यक्रमलाई सफल बनाउन सबै कार्यकर्ताहरूले आ-आफ्नो स्तरबाट योगदान दिनुपर्ने कुरामा जोर दिए। उनले जनसम्पर्क अभियान सँगै प्रत्येक बुथ स्तरसम्म संगठनलाई मजबुत बनाउन पनि उपस्थित जिल्ला तथा मण्डल अध्यक्षहरूलाई आग्रह गरे। यस अतिरिक्त उनले हालै सम्पन्न विधानसभा बजेट सत्रमा आफूले जनहितमा उठान गरेका विविध विषयहरूसँगै अन्य सम्बन्दित मुद्दाहरूबारे पार्टीको अवधारणाबारे उपस्थित कार्यकर्ताहरूलाई खुलस्त पारेका थिए।

मोदी सरकारको नवौं वर्षगाँठको तयारीलाई लिएर सोरेङ, पाकिम अनि मंगन जिल्लाको निम्ति २५ मईको दिन जिल्ला कार्यसमिति बैठकको आयोजना हुनेछ।