साङ्गा छोलिङ गुम्बामा सयौं मिलियन मणि वाचन आरम्भ

IMG-20230524-WA0275.jpg

गान्तोक: पहिलो मणि ढोङडुप चेन्मो, चेरेजी सिङ्खाम रिवो पोताला, साङ्गा छोलिङ गुम्बा, पेलिङमा ‘सयौं मिलियन मणि वाचन’ आजबाट सुरु भएको छ। गुरु क्याब्जे ग्योजङ रिन्पोछेको मार्गदर्शनमा क्याब्जे सेर्ता ख्यान्तसे युक्साम टुल्कु रिन्पोछे, गेन्छेन पेमायाङ्स्टेका क्याब्जे खाछो रिन्पोछे र राज्यभरिका विभिन्न गुम्बाका प्रमुख भिक्षुहरूका साथमा आठ दिनसम्म चल्ने उक्त मठमा १३० मोनसीले पूजाअर्चना गरेका छन्।

धार्मिक संन्यासीको उपस्थितिको बीचमा ‘विश्व शान्ति’को कामना गर्दै यो अनुष्ठान शुरु गरेको हो। उल्लेखनीय छ, सिक्किम सरकारको धर्म विभागको सहयोगमा १ नोभेम्बर २०१८ मा चेरेजी शिंगखाम रिवो पोतालाको औपचारिक उद्घाटन पछि यो पहिलो ठूलो पूजा मण्डली गरिएको हो। मणि ढोङडुब प्रार्थना सम्पूर्ण संवेदनशील प्राणीहरूको हितको पक्षमा गरिनेछ ।

आज कार्यक्रमको श्रीगणेश गर्न सिक्किम सरकारका ग्रामीण विकास विभाग, सहकारिता र धर्म विभागका मन्त्री एवं कार्यक्रमका मुख्य संरक्षक वेन सोनम लामा मुख्य अतिथि रहेका थिए भने साथमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डी बी गुरुङले पनि यस भव्य अनुष्ठानमा सहभागीता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement