मुख्यमन्त्री तामाङले दिए दीपिकालाई बधाई एवं शुभकामना

IMG-20230524-WA0274.jpg

गान्तोक: 1१५१औं स्थानमा संघ लोकसेवा आयोग (युपीएससी) परीक्षा उतीर्ण गरेकी सिक्किमे छोरी दीपिका अग्रवाललाई राज्यवासीको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले बधाई एवं शुभकामना दिएका छन्। यो शुरुआत रहेको अनि अझ धेरै उपलब्धिहरू हासिल गरुन् भन्ने मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कामना गरेका छन्।

ज्ञात रहोस्, दीपिका अग्रावलले १० कक्षासम्मको शिक्षा टीएनएबाट हासिल गरेकी थिइन् भने श्रीराम महाविद्यालयबाट कमर्समा उनले स्नातक गरेका हुन्। उनले योअघि पनि संघ लोकसेवा आयोगको परीक्षा दिए पनि योपल्ट भने उतीर्ण बनेर सम्पूर्ण राज्यलाई नै गौरान्वित बनाएकी छन्।

About Author

Advertisement